झापा, २ वैशाख २०८० । देशभर आज ६४ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २१ जना र एन्टीजेन बाट ४३ जना गरि ६४ जना संक्रमित थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट १ सय १ र एन्टीजेन परिक्षणबाट ८ सय ५६जना गरि ९ सय ५६ जनामा नमुना परिक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।
आज ४५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ३ सय ७७ पुगेको जनाइएको छ । यस्तै, आज १५ हजार ८७ जनाले कोरोनाको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या ३२ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या ११ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।