Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

झापा, २३ असोज २०७९ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । पूर्व कानुनमन्त्री तथा पूर्व महान्यायाधिवक्ता समेत रहेका खरेलले झापा २ मा टिकट नपाएपछि झापा १ बाट उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावक विष्णुप्रसाद प्रसाईँ र समर्थक श्रीप्रसाद मैनाली रहेका छन् ।

खरेलले मेचीनगर नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार दिउँसो पुगेर उम्मेदवारी दर्ता गराएका थिए । झापा १ बाट एमाले नेता रविन कोइराला एकल सिफारिस भएको थियो । कोइरालालाई प्रदेश सभा सदस्य पदको उम्मेदवार बनाएर पार्टीले खरेललाई टिकट दिएका हुन् । गठबन्धनको तर्फबाट झापा १ बाट नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा उठदैछन् । यसअघिको निर्वाचनमा शर्मा एमालेका रविन कोइराला र माओवादी केन्द्रका सुरेन्द्रकुमार (राम) कार्कीसँग पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया