काठमाडौं, २३ फागुन २०७८ । रोजगारी दिने भन्दै फाराम भराएर काम नदिलाउने ९ वटा जब (रोजगारी) सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काम दिने नाममा पैसा असुल्दै आएका विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीको महानगरिय अपराध महाशाखाले पक्राउ गरेको हो ।
सो टोलीले उजुरीका आधारमा ती जब सेन्टरमा छापा मारेर सञ्चालकहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । रोजगारीको अवसर, जागिर चाहिएमा भन्दै विज्ञापन गर्ने र पैसा असुलेर बेवास्ता गर्ने गरेको आरोप जब सञ्चालकमाथि लागेको छ ।
प्रहरीले सेन्टरहरुले प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रुपैयाँसम्म ठगि गरेको महाशाखाले जनाएको छ ।