Online Bichar
बिहिबार, पौष ११, २०८१ | Thursday, December 26, 2024

गौरादह ६ फागुन २०७८ । पत्रकार झगेन्द्र खडकालाई मातृ शोक परेको छ । खड्काकि ममतामयी आमा ८३ वर्षिय टुकमाया खड्काको बिहिबार बिहान ५ बजे गौरादह नपा– २ स्थित आफ्नै निवासमा निधन भएपछि मातृ सोक परेको हो। पत्रकार खड्काकि आमा लामो समयदेखी दम तथा मुटु रोगबाट पिडित हुनुहुन्थ्यो ।

मृतक खड्कालाई केही समय अगाडि अस्पतालबाट उपचार गराई औषधि सेवन गरि घरमै स्वास्थ्यलाभ लिईरहनु भएको थियो। उनको पार्थिक शरीरलाई बिहिवार बिहान ११ बजे झापा गौरादह नगरपालिका वार्ड नं.२ स्थित स्थानीय कृष्णे घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । मृतक खड्काका ४ छोरा बुहारीहरू भक्त बहादुर – चन्द्र माया, झगेन्द्र बहादुर – शुमित्रा, यज्ञ बहादुर-उमा देबि र रामकृष्ण – रेणुका देबि खड्का र छोरी गायत्रा देबि खड्का (दाहाल) सहित १२ नाति ३ नातिनि, पनाती ३ र पनातीनी २ जना रहेका छ्न।

मृतक खड्काका माइला छोरा पत्रकार झगेन्द्र खड्का पछिल्लो समय नेपाल शिक्षक संघ गौरादह नगर उपसभापति तथा गौरादह-८ स्थित अरुणोदय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका छ्न । यस्तै, खड्का दमक पत्रकार मञ्चका उपाध्यक्ष तथा पुर्वसन्देश दैनिकका गौरादह संवाददाता, अनलाइनविचारका सह-सम्पादक र सञ्चार क्लब गौरादहका सल्लाहकार रहेका छन् ।

 

तपाईको प्रतिक्रिया