Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

झापा, २ मंसिर २०७८ । देशभर आज २ सय ९९ जना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट हजार ७ हजार ८ सय ६३ र एन्टिजेन परिक्षणबाट ३ हजार २ सय ८८ जना गरी कुल ११ हजार १ सय ५१ जनामा कोरोना परिक्षण गर्दा २ सय ९९ जना संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट २ सय ७२ र एन्टिजेन परिक्षणबाट २७ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ३ सय ७ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ९५ हजार २ सय ५० पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ९ लाख १३ हजार ५ सय ५७ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा २ सय ६० संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ९९ हजार १ सय ७६ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९७.७ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ४५ लाख ३८ हजार ५ सय ४९ जना र एन्टिजेन परिक्षणबाट ७ लाख ७ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गरिएको छ ।
यस्तै, होम आइसोलेसनमा ७ हजार १ सय ६९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ४ सय ७३ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले २ सय २४ जना आई.सी.यु मा र ६० जना भेन्टिलेटरमा रहेका छन् ।
९८ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ७ हजार ६ सय ४२ पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा ७१ ह्जार ८ सय ९२ जनाले खोप लगाएको जनाइएको छ ।
यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा काठ्माडौ र ललितपुर गरि २ जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित ९ जिल्ला रहेका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या शुन्य भएका जिल्ला ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट गरि ५ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड–१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज ६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया