Online Bichar
शुक्रबार, पौष १९, २०८१ | Friday, January 3, 2025

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झगेन्द्र खड्का
गौरादह,२० असोज । खेलकुद विकास समिति गौरादह वडा नं-४ को आयोजनामा वडाध्यक्ष कप फुटबल प्रतियोगिता संचालन भएको छ।

फ्युचर स्टार स्पोर्टिङ क्लब गौरादह-४ को सह-आयोजनामा संचालन भएको फुटबल खेलमा नगर भित्रका ९ वटा वडा र गौरादह नगरपालिकाको ४० बर्ष माथिको भेट्रान टिम सहित १० टिम सहभागी भएको खेल संयोजक सूर्य सुब्बाले जानकारी गराए।

जनता मावि गौरादह १ को खेलमैदानमा संचालन भएको खेलको फाइनल असोज २८ गते हुने वडा खेलकुद विकास समिति सचिब काजी राउतले जानकारी गराए। खेलको बिजेता टिमले नगद ३० हजार र दोस्रो हुने टिमले २० हजार सहित ट्रफी , मेडल र प्रमाण हात पार्ने सचिब राउतले जानकारी गराए।

वडा नं-४ को वडाध्यक्ष कप फुटबलको उद्घाटन झापा क्षेत्र नं-६ का संविधान सभा सदस्य माननीय दिपक कार्कीले गरेका थिए। खेलको पहिलो दिन वडा नं-५ र वडा नं-९ बिच खेल भएको छ। बुधबार सम्पन्न खेलमा वडा नं-९ बिजय भएको छ।

वडा नं-९ ले वडा नं-५ लाई ६ – १ को फराकिलो गोल अन्तरले बिजय भएको छ। जितका लागि वडा नं-९ का नवीन श्रेष्ठले ह्याट्रिक गरेका थिए। वडा नं-९ का भरतमणी निरौला, निस्चल खड्का र रिजन जिमीले १/१ गोल गरेका थिए। पराजित टिम वडा नं -५ का तर्फबाट मध्यान्तर अगाडि नरेश ओनेमले प्राहार गरेको बल पोष्ट बार बाधक बन्दा खाता खोल्न बाट चुकेका थिए। मध्यान्तर पछि डिबक्स भित्र फल भएपछि पेनाल्टीको अवसर पाउँदा वडा नं -५ ले गोल गरेको थियो।

वडा नं-५ का सोम याङले प्राहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । आजको खेलमा वडा नं – ९ बाट ह्याट्रिक गर्न सफल भएका नवीन श्रेष्ठ मेन अफ दि म्याच घोषिद भएका थिए।

बिहिबार वडा नं १ र ६ बिच खेल हुने आयोजकले जनाएको छ।वडा नं-४ का वडा खेलकुद संयोजक सूर्य सुब्बाको सभापतित्वमा सम्पन्न खेलमा गौरादह नगर खेलकुद विकास समिति अध्यक्ष हेमन्त कार्की प्रमुख अतिथि रहेका थिए।

वडा नं-१ का वडाध्यक्ष नगेन्द्र भण्डारी, राप्रपाका शान्तिराम पौडेल, नेपाली कांग्रेसका गोपाल भट्टराई लगायतको उपस्थिति रहेको थियो। सो उद्घाटन कार्यक्रमको संचालन नगर खेलकुद विकास समितिका सचिव निर्मल बाँस्तोलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया