Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौं, १८ मंसिर । मंसिर १४ गते भएको उपनिर्वाचन र समसामयिक राजनीतिका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २६ मंसिरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने निश्चित एजेण्डामा नभई खुल्ला रुपमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा तेस्रो जागरण अभियान, भ्रातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्व चयन, म्याद गुज्रेका भ्रातृ संस्थाको महाधिवेशनका विषयमा पनि छलफल हुनेछ।

तपाईको प्रतिक्रिया