Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

गौरादह, २२ कार्तिक । झापाको गौरादहमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्य सुचि नभएको अखाद्य सामाग्री बिक्रि गरिरहेको पाईएको छ । खाद्य स्वच्छता समूह सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर सहितको टोलिले गौरादह बजारका पसलमा गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, भुजिया, दालमोठ, रिफाईन तेल भेटिएको थियो ।

अनुगमनका क्रममा प्रतिबन्धित दोफुल तेल, लेभल नभएको भुजिया तथा म्याद नाघेका बडी स्प्रे भेटिएको थियो। अनुगमन टोलीले माछा, मासु, किराना तथा चिया मिठाई पसल पनि अनुगमन गरेको थियो । अनुगमन गरिएका पसलहरुमा मूल्य सुचि भेटिएन ।

गौरादह बजारमा रहेको शुभलक्ष्मी सहकारी पसलमा मूल्य सुचि प्रत्येक सामानमा लेखिएको थियो । अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख भरत बहादुर पुरीले व्यवसायीले व्यवसाय दर्ता गरे नगरेको,खाद्य सामाग्री को अवस्थाको अनुगमनका क्रममा सल्लाह सुझाव सहितको पत्र बुझाएका थिए ।

म्याद नाघेका, लेभल नभएका र प्रतिबन्धित सामग्री बिक्री वितरण नगर्न सुझाव दिएका थिए। मासु पसलेलाई मासु बन्द सिसाको बाकसमा राखी बिक्री गर्न र बचेको मासुलाई फ्रिजमा राख्न सुझाव दिएका थिए। बजार अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयको टोली,ईलाका प्रहरी कार्यालय गौरादहका प्रहरी प्रमुख,वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भन्डारी, वडा सदस्यहरु, गौरादह बजार व्यवस्थापन समिति अध्यक्ष तथा पत्रकार प्रतिनिधिहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया