Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठमाडौं,  ६  असोज  ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा दुई दिन भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा ११ को वार्षिक परीक्षा गत वैशाख २९ गतेदेखि जेठ पहिलो सातासम्म सञ्चालन भएको थियो।

परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी सम्मिलित थिए। बोर्डका परीक्षा नियन्त्रक (कक्षा ११ र १२) कृष्ण शर्माले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताए। उत्तरपुस्तिका परीक्षणपछि संकलन गरिएको प्राप्ताङ्कलाई आज अन्तिम रुजु गर्ने काम रहेको र आज बेलुकासम्म काम सकियो भने भोलि या पर्सि नतिजा सार्वजनिक गर्ने शर्माले बताए ।

कुनै प्राविधिक समस्या नआएमा दुई दिन भित्रमा जसरी पनि नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड लागेको छ।

तपाईको प्रतिक्रिया