Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

गौरादह,  ३०  भदौ  ।  गौरादह नगरपालिका वडा नं. ७ को ग्वालडुब्बामा रासायनिक मल तथा बिषादी न्युनिकरण बिषयमा एक दिने तालिम सम्पन्न भएको छ । वडा नं. ७ को वडा कार्यलयले आयोजना गरेको तालिममा वडा भित्रका कृषि समुहका किसान तथा अगुवा किसानहरू सहभागी भएका थिए ।

‘अर्गानिक खाना खाउ स्वास्थ्य जीवन बाँचौ’ भन्ने मुल नाराका साथ संचालन गरिएको तालिममा आफुले प्रयोग गर्ने साग सब्जी तथा अन्य खाद्यान्न बालिमा रासायनिक मल तथा बिषादी प्रयोग गर्दा मानव जिबनमा पर्ने असर र त्यसको निराकरणका बारेमा प्रशिक्षण दिएका थिए ।

खाद्यान्न बालीमा बिषादी प्रयोग गर्दा शरिरमा देखिने अल्पकालीन र दिर्घकालिन असरका बारेमा जानकारी गराएका थिए । रासायनिक मल र बिषादीको बिकल्पमा जैबिक तथा प्राङगारिक बिषादीको प्रयोग, बिषादी प्रयोग गर्नु अघि राम्ररी बालिनालिको अबलोकन ,लाभदायक जिबहरूको पहिचान र संरक्षण ,प्राबिधिकको सल्लाह अनुसार बिषादीको प्रयोग गर्न सुझाब दिएका थिए । प्रशिक्षक कृषि प्राबिधिकहरू मिठू बिस्वाश र बिज्ञान ढकालले प्रशिक्षण दिदै बाली तथा तरकारीमा लाग्ने रोग किराको पहिचाहन र हामीले प्रयोग गर्ने बिषादीबाट लाग्ने रोग र बच्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए ।

गौरादह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बलराम खरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।त्यस अबसरमा वडा सदस्यहरू यसोदा दाहाल, तारा मोते र नारायण बिमलीले शुभकामना मन्तब्य राखेका थिए । अगुवा कृषक पुन्डरी रेग्मीले कबिता मार्फत स्वागत गरेका थिए ।कार्यक्रमको संचालन वडा सचिब ओमनाथ तिवारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया