Online Bichar
मंगलबार, आश्विन ०१, २०८१ | Tuesday, September 17, 2024

भक्तपुर,  २०  असार  ।  राष्ट्रिय परीक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइइको परिक्षा परीक्षामा चित्त नबुझेको भन्दै निबेदन दिने कक्षा १० का विद्यार्थीहरूको लाईन लागेको छ । आफुले राम्रो लेखेको विषयमा कम नम्बर आएको भन्दै उनीहरू रिटोटलिङ गराइ माग्न निवेदन दिन आएका हुन् । त्यसमा पनि धेरै बच्चाहरु रिटोटलिङ नतिजा एक महिना पछि मात्र आउने भने पछि रिसाएका छन ।

रिटोटलिङ एम महिनामात्रै हुने भनेपछि विद्यार्थीहरू झन आक्रोशित बनेका छन् । कपी चेक गर्ने बेला लापरबाही भएको उनीहरूको गुनासो छ । ‘चेक गर्ने बेला लापरबाही गरियो, अझै
रिटोटलिङ गर्न एक महिना लगाउने भयो’ विद्यार्थीहरूको आक्रोश थियो ।

कतिपय विद्यार्थीहरूले सबै विषयमा ए प्लस आएर एक बिषयमा मात्रै डी,इ ग्रेड राखिएको बताए । जसका कारण आफु राम्रो कलेजले भर्ना लिन नसक्ने भएको गुनासो गरे । ‘या त रिटोटलिङको रिजल्ट छिटो भन्दा छिटो निकाली दिनु पर्यो या कलेजहरुको भर्ना लिने मिति पछि सारिदिनु पर्यो’ भन्दै उनीहरू कार्यालयमा माग गरिरहेका छन् । रिटोटलिङको लागि पूर्वदेखि पश्चिमका विद्यार्थीहरु अहिले परिक्षा नियन्त्रण कार्यालय धाईरहेको छ ।

यता परीक्षा नियन्त्रक बिष्णु प्रसाख अधिकारीले रिटोटलिङ नियमानुसार नै गरिने बताए । सकेसम्म छिटो परिणाम निकाल्ने कोशिस गर्छौँ उनले भने । अहिले परिक्षाको परिणाम चित्त नबुझे पहिला रिटोटलिङ गर्ने, अनि रिचेक गर्न पाउँ भनी निवेदन दिने र तेस्रो पटक कपी हेर्न पाउँ भनि निबेदन दिन पाउने व्यवस्था भएको उनले बताए । एक बिषय मात्र रिटोटलिङ गर्नु परेको बिद्यार्थीहरुलाई पहिलो प्राथमिकताम राखेर छिटो भन्दा छिटो नतिजा निकाल्ने बताए ।न्यूज२४

तपाईको प्रतिक्रिया