Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौँ,  ३०  बैशाख ।  त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तालाबन्दी भएको छ । आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा वैद्य निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै विद्यार्थीहरूको समूहले तालाबन्दी गरेको हो।

सेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र विभिन्न राजनीतिक पार्टीका नेताका नातेदारहरूको नाम निस्किएको थियो। वैशाख १३ गते नतिजा सार्वजनिक गरिएको हो।कान्तिपुर

तपाईको प्रतिक्रिया