Online Bichar
शनिबार, चैत्र ०१, २०८१ | Saturday, March 15, 2025

काठमाडौं, २७ फागुन २०८१ । एटिएममा पैसा झिक्दा वा अन्य समस्या आए सम्पर्कको लागि त्यही बैंकको कर्मचारीको नाम र सम्पर्क मोबाइल नम्बर उपलब्ध हुने भएको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

त्यस्तै, नेपाली र अंग्रेजी भाषामा एटिएम भएको बैंकको नाम, ठेगाना र टेलिफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया