काठमाडौं, २७ फागुन २०८१ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले महासचिव किरण राईविरुद्ध मुद्दा दायर गरेका छन् । मंगलबार (फागुन २७) उनले राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
पूर्वअध्यक्ष थापाले यसअघि नै महासचिव राईले एक अन्तर्वार्तामा आफूविरुद्ध झुटा र तथ्यहीन आरोप लगाएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए । उक्त अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाएका जनाइएको छ ।
थापाले आफूमाथिका आरोप प्रमाणित भए कानुनानुसार कारबाही भोग्न तयार रहेको जनाएका छन् । आरोप प्रमाणित नभए राईलाई कारबाही गर्नुपर्ने उनले अदालतमा दायर रिटमा माग गरेका छन् ।