Online Bichar
बिहिबार, माघ १७, २०८१ | Thursday, January 30, 2025

काठमाडौं, १५ माघ २०८१ । दुई कारोबार दिन आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा अडिएको छ। आइतबार सोमबार १० अंक बढिले सेयर बजार घटेको थियो।

आज नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। ३२५ स्क्रिप्सको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ८ अर्ब र आइतबार ९ अर्ब बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले नेप्से बढ्दा पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

उपकार लघुवित्त वित्तीय संस्था,सिकलेस हाड्रोपावर,थ्री स्टार हाइड्रोपावर,जानकी फाइनान्स र न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। यसदिन दोल्टी पावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.४३ प्रतिशतले घट्यो।

सप्तकोशी डेभलपमेन्ट बैंक ३८ करोडको सेयर कारोबार गरी शीर्ष स्थानमा रह्यो। नेपाल रिइन्स्योरेन् कम्पनीले २९ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २८ करोड,हिमालयन पावरको ९ करोड र नगदी ग्रुसपको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.०७ प्रतिशतल बढ्यो।कारोबारमा आएका १७७ स्टक्सको मूल्य बढ्दा ६० वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो।

तपाईको प्रतिक्रिया