Online Bichar
शुक्रबार, माघ ११, २०८१ | Friday, January 24, 2025

चितवन, १० माघ २०८१ । कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी सङ्कायमा प्रा.डा. भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा. वासुदेव पोखरेल नियुक्त भएका हुन् ।

परिषद्ले प्राडा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।रासस

 

तपाईको प्रतिक्रिया