Online Bichar
बुधबार, माघ ०९, २०८१ | Wednesday, January 22, 2025

काठमाडौं, ५ माघ २०८१ । आइसीसी महिला यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियाको बांगी क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अलआउट हुँदै ५२ रनमात्र बनाउन सक्यो। जवाफी ब्याटिङ गरेको बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि साना प्रवीणले १९ र सीमा केसीले १९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। कप्तान पूजा महतो २ रनमै पेभेलियन फर्किएका थिए।

त्यस्तै बंगलादेशलाई जिताउन सदिया इस्लामल १६ रन र कप्तान सुमैया अख्तरले १२ रन बनाए। नेपालका लागि रचना चौधरी, रीया शर्मा, सीमा केसी र पूजा महतोले १/१ विकेट लिए।

 

तपाईको प्रतिक्रिया