Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

बिर्तामोड, २ माघ २०८१ । झापाको शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको थियो ।

दुर्घटनामा परी बसमा सवार ११ विराटनगर-३ का ५४ वर्षीय गुणा कोइराला, ३४ वर्षीया दीपा निरौला, १७ वर्षीया म्यारी निरौला, ३८ वर्षीया निर्मला निरौला, ५९ वर्षीया शर्मिला कोइराला घाइते हुनुभएको छ ।

यसैगरी, झापा शिवसताक्षी –८ का ३२ वर्षीय टङ्क शिवाकोटी, ३० वर्षीया आन्सा फियादेन, २१ वर्षीया सुमना लिम्बू, बिर्तामोड नगरपालिका–६ का ५१ वर्षीय पुष्पलाल अधिकारी, ४९ वर्षीया चन्द्रकला अधिकारी र कमल गाउँपालिका–६ का ४० वर्षीय शान्तिराम खतिवडा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रेहेको र बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।

बस चालक मेचीनगर –१० धुलाबारी बस्ने ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन सोडारीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया