Online Bichar
शुक्रबार, पौष २६, २०८१ | Friday, January 10, 2025

काठमाडौं, २५ पुष २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएका थिए ।

अदालतमा धरौटी बुझाएपछि उनको मेडिकल जाँच गराएर परिवारको जिम्मा लगाइएको हो ।

काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो । रविको जिम्मा लिन उनकी पत्नी निकिता पौडेल पोखरा पुगेकी थिइन् ।

सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका सात प्रतिवादीमध्ये ६ जना आजै धरौटी बुझाएर रिहा भएका छन् ।

रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।

 

तपाईको प्रतिक्रिया