Online Bichar
आइतबार, पौष १४, २०८१ | Sunday, December 29, 2024

काठमाडौँ, १२ पुष २०८१ । महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६० जिल्लामा भेला सम्पन्न गरेको छ ।

पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार बसेको सचिवालय बैठकमा उक्त विषय जानकारी गराएका हुन् ।

‘कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गर्नुभयो‚’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

यस्तै बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९, २० र २१ गते बस्ने निर्णय गरेको पनि उनले बताए ।
यसैगरी रास्वापाले केन्द्रीय संगठन विभागमा तीन जनालाई थप गरेको छ ।
जसमा लम्जुङका धर्म केसी, रुपन्देही गोपाल घिमिरे र सिराहका विमल तिवारी रहेका छन् ।

यस्तै बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासी अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई मनोनीत गरेको छ ।

 

तपाईको प्रतिक्रिया