Online Bichar
शनिबार, पौष १३, २०८१ | Saturday, December 28, 2024

झापा, ११ पुष २०८१ । झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष बासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् ।

आज बिहान करिव ५ बजे घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।उनी २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि २०४८ सालमा पनि उनी साविक शान्तिनगर गाविस वडा नं ३ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया