झापा, ९ पुष २०८१ । झापामा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-११ लक्ष्मिधाप बस्ने ५१ वर्षिया बिमला दर्जीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृतक भनिएकी महिला ७ गते आईतबार ३ बजेको समयमा कसैलाई नसोधी घरबाट हिँडेकोमा खोजतलास गर्दै जाँदा आज १२ः३० बजेको समयमा सोही ठाउँ स्थित भुपाल गिरीको माछा पोखरीमा डुबि उनि मृत अवस्थामा फेला परेको खबर मृतककै छोरा बिमल दर्जीले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।