Online Bichar
आइतबार, पौष ०७, २०८१ | Sunday, December 22, 2024

कास्की, २ पुष २०८१ । पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएकोमा लामिछानेलाइ थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

लामिछाने माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको थियो ।

डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएको जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएको छ ।

 

तपाईको प्रतिक्रिया