Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

वासिङ्टन, २७ मंसिर २०८१ । एचआईभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस) एक धेरै खतरनाक भाइरस हो। डाक्टर र वैज्ञानिकहरू लामो समयदेखि यसको उपचार खोजी गरिरहेका छन्। हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो उपलब्धि हासिल गरेका छन्।

उनीहरूले एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएका हुन् । एचआईभी सङ्क्रमण रोक्न यो खोप ९६ प्रतिशतसम्म प्रभावकारी रहेको वैज्ञानिकहरूले बताएका छन् ।

यो सुईको नाम लेनाकापाभिर हो। वैज्ञानिकहरूका अनुसार यो खोपको एक वर्षमा दुई डोज लगाएमा व्यक्ति एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा सुरक्षित रहनेछ ।

अमेरिकी बायोफार्मास्युटिकल कम्पनी गिलियडद्वारा जारी गरिएको र न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित तथ्याङ्क अनुसार लेनाकापाभिर खोप फेज-३ परीक्षणको क्रममा एचआइभी सङ्क्रमण रोक्न १००५ प्रभावकारी थियो। यो खोप दक्षिण अफ्रिका र युगान्डाका ५ हजार महिलामा सफलतापूर्वक परीक्षण गरिएको थियो ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का अनुसार सन् २०२३ मा करिब ४ करोड मानिस एचआइभीबाट पीडित थिए । यस वर्ष करिब ६ लाख ३० हजार मानिसले ज्यान गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया