Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

बैंकक, ११ मंसिर २०८१ । ‘मिस हेरिटेज पेटिट युनिभर्स २०२४’को शीर्ष उपाधि नेपालकी मनिषा राजवंशीले जितेकी छन्। हालै थाइल्याण्डको बैंककमा आयोजित नोभेम्बर ९ देखि १६ सम्म चलेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा ४३ देशका प्रतिस्पर्धी रहेका थिए।

उक्त प्रतियोगिताको उपाधि हात पार्ने झापा बाह्रदशी ६ की मनिषा राजवंशीले समाजशास्त्रमा एमए गरेकी छन्। उनी शिक्षिका पनि हुन्। उनले हाल राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन्।

आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् । उनले २०१८ मा मिस राजवंशी ९दोस्रो रनर अप०, २०१९ मा मिस ग्रेस काठमाडौँ ९दोस्रो रनर अप०, सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको विनर भएकी थिइन्।

-0‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइनँु, मनिषा भन्छिन्, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’

तपाईको प्रतिक्रिया