Online Bichar
बिहिबार, पौष ११, २०८१ | Thursday, December 26, 2024

काठमाडौं, २८ कार्तिक २०८१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले केहीबाहेक रिक्त सबै स्थानको उम्मेदवारको टुंगो लगाएको हो।

राप्रपाले कोशी प्रदेशअन्तर्गत झापाको कन्काइ न.पा ६ मा नारायण प्रसाद निरौला, सुनसरीको गढी गापा-६ मा कविता कुमारी उराब, तेह्रथुमको लालीगुराँस नपा-८ रत्न बहादुर श्रीपाली र ओखलढुंगाको मोलुङ गा.पा ५ चन्द्रमणी दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यस्तै मधेस प्रदेशअन्तर्गत सप्तरीको डाक्नेश्वर न।पा १ मा सतिस कुमार चौधरी र डाक्नेश्वर न.पा- ४ मा राम कुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै काठमाडौं महानगर-१६ मा श्यामकृष्ण श्रेष्ठ, दोलखा को गौरीशंकरको उपाध्यक्षमा मन कुमारी श्रेष्ठ, कीर्तिपुरको प्रमुखमा ध्रुव महर्जन, कीर्तिपुर न.पा.१ मा सुरेन्द्र उप्रेती, कीर्तिपुर न.पा.४ मा बिजेश बस्नेत र मकवानपुरको हेटौंडा उमनपा १२ मा प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ।

त्यस्तै गुल्मीको मुसीकोट गा.पा-१ मा ईश्वरी खाती, रोल्पाको रुन्तीगडी गा.पा-४ मा पहलबहादुर वली र कपीलबस्तुको सुद्धोदन-१ मा इम्तीयाज अहमदलाई उम्मेदवार बनाएको छ।

त्यस्तै कालिकोटको तिलागुफा नपा ४ मा जुह्दबहादुर शाही र बाजुराको स्वामीकार्तीक खापर गापा उपाध्यक्षमा सुना देवी थापा ९भोटे०लाई उम्मेदवार बनाएको छ। राप्रपाले रिक्त रहेको सबै पदमा उम्मेदवारी दिने र कसैसँग तालमेल नगर्ने निर्णयसमेत गरेको छ।

 

तपाईको प्रतिक्रिया