झापा, २३ कार्तिक २०८१ । झापामा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका-११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरबाट उनीहरुलाई नगद ४ लाख ५४ हजार ५ सयसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा शिवसताक्षि नगरपालिका-११ का ६२ वर्षिय चन्द्रमणि रिमाल, सोही ठाउँका ४५ वर्षिय राजेन्द्र बास्कोटा, शिवसताक्षी नगरपालिका-५ का ३३ वर्षिय मुकेश राउत, शिवसताक्षी नगरपालिका-४ का २४ वर्षिय सेवराज राजवंशी, शिवसताक्षी-७ का ५४ वर्षिय छत्र बहादुर सोडारी, शिवसताक्षी-६ का ४८ वर्षिय को लोकनाथ दुलाल, शिवसताक्षी-११ का ४९ वर्षिय दिपेन्द्र घिमिरे, शिवसताक्षी-९ का ३३ वर्षिय निरज दुलाल, शिवसताक्षी- ४ का ३६ वर्षिय रुप ना. साहा, शिवसताक्षी-७ का ६१ वर्षिय मणी खड्का, सोही ठाउँका ३२ वर्षिय राजु दर्जी, ५१ वर्षिय तुला सुब्बा, ६९ वर्षिय सितारम कार्की, ४३ वर्षिय खडी बहादुर श्रेष्ठ, शिवसताक्षी-११ का ४७ वर्षिय राजेद्र बुबर, शिवसताक्षी-४ का मनोज साहा, शिवसताक्षी-९ का ५६ वर्षिय मोहन प्रसाद दुलाल र गौरिगञ्ज गाउँपालिका-१ का ४७ वर्षिय हरी राजवंशी रहेका छन् ।
प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा उनिहरुलाई शुक्रबार(आज)बिहान १ः३० बजेको समयमा पक्राउ गरिएको जनाएको छ । उनिहरुको साथबाट नगद, एक बुङ तास बरामद गरिएको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।