Online Bichar
बुधबार, कार्तिक ०७, २०८१ | Wednesday, October 23, 2024

उदयपुर, ६ कार्तिक २०८१ । उदयपुरमा श्रीमानले श्रीमतिको आगो लगाई हत्या गरेको छ । उदयपुरको बेलका नगरपालिका–८ मा श्रीमान ४८ वर्षिय दानबहादुर राईले आङ्खनै श्रीमति ४० वर्षिय पुर्णकुमारी राईको आगो लगाएर हत्या गरेको हो ।

श्रीमानले शरीरमा मट्टितेल खन्याएर आगो लगाई घाईते भएको श्रीमतिको मंगलवार उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गत २२ असोजमा सामान्य घरायसी विवादका कारण श्रीमानले घरको भान्सा कोठामा श्रीमतिको शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । आगलागीबाट दुबै खुट्टा, छातिको भाग जलेको पुर्णकुमारी राईलाई उपचारको लागी पारस अस्पताल बिराटनगर पु¥याईएको थियो ।

उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न राईलाई नियन्त्रण्मा लिएर थप आवश्यक अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिारी प्रहरी नायब उपरिक्षक राजन चाँपागाईले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया