Online Bichar
बुधबार, कार्तिक ०७, २०८१ | Wednesday, October 23, 2024

काठमाडौं, ५ कार्तिक २०८१ । रेखा पौडेल र प्रिती राईको ह्याट्रिक प्रेरित खेलमा नेपालले माल्दिभ्सलाई ११-० गोलले हराएको छ। महिला साफ च्याम्पियनसिपअन्तर्गत सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखाले ५ गोल र प्रितीले ३ गोल गरिन्। यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक-एक गोल गरे।

रेखाले खेलको ३१, ४१, ४७, ६३ र ७८औं मिनेटमा गोल गरिन् भने प्रितीले ५, ६५ र ८७औं मिनेटमा गोल गरिन्। त्यस्तै सविताले खेलको २८औं, अनिताले ६८औं र अमिसाले ८८औं मिनेटमा गोल गरे। यससँगै नेपालले ४ अंक जोडेको छ। यसअघि भुटानसँगको खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो।

 

तपाईको प्रतिक्रिया