Online Bichar
बुधबार, कार्तिक ०७, २०८१ | Wednesday, October 23, 2024

काठमाडौं, २ कार्तिक २०८१ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा नेपालले गोल गर्ने धेरै अवसर प्राप्त गरे पनि सफल भने हुन सकेन। त्यसअघि समूह बीअन्तर्गत नै शुक्रबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो।

श्रीलंका ३ अंकका साथ समूहको शीर्षस्थानमा छ। नेपाल र भुटान १-१ अंक सहित दोस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ। प्रतियोगिताअन्तर्गत आइतबार साँझ ५:३० बजे बंगलादेश र पाकिस्तान खेल्नेछन्।

 

तपाईको प्रतिक्रिया