Online Bichar
बुधबार, कार्तिक ०७, २०८१ | Wednesday, October 23, 2024

ललितपुर, २ कार्तिक २०८१ । साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकाले माल्दिभ्सलाई हराएको छ।​ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० ले हराएको हो।

श्रीलंकाको जितमा खेलको १७ औं मिनेटमा इमेशा वार्नाकलासुरियाले निर्णायक गोल गरिन् । दायाँ विंगबाट प्रविना परेराले दिएको क्रसमा इमेशाले हेडरमार्फत गोल गरिन्। राष्ट्रिय टिमबाट डेब्यु गरेको खेलमै उनले गोल गरेकी थिइन्।

श्रीलंकाले पहिलो र दोस्रो हाफमा एकपछि अर्को गोल गर्ने अवसर बनाए पनि गोल हुन सकेन। माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले केही उत्कृष्ट बचाउ गर्दै गोलस्कोर बढ्नबाट जोगाएकी थिइन्।

समूह बि मा रहेको श्रीलंकाले जितसँगै ३ अंक जोडेको छ। माल्दिभ्सले पहिलो खेल गुमाएसँगै सेमिफाइनलमा पुग्न दबाब थपिएको छ । समूह बिमा नेपाल र भुटान पनि रहेका छन् । यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजे दशरथ रंगशालामै हुनेछ।

तपाईको प्रतिक्रिया