Online Bichar
बिहिबार, पौष १८, २०८१ | Thursday, January 2, 2025

एजेन्सी, २० असोज २०८१ । बङ्गलादेशमा यस वर्ष चट्याङमा परी करिब ३०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान छन्। यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम एसएसटीएफे’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो। सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिसहरू रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका समय मृत्यु भएको बताइएको छ।

बङ्गलादेशमा मौसम परिवर्तन हुने महिनाहरूमा चट्याङ पर्ने र यसका कारण बर्सेनि सयौँले अकालमा ज्यान गुमाउने गरेका उक्त संस्थाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया