Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

झापा, १७ असोज २०८१ । चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी-५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशङ्कामा प्रहरीले उत्खनन शुरु गरेको छ ।

बाह्रदशी-५ फूलवारीका अन्दाजी २१ वर्षका राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । छिमेकी नरेश राजवंशी र उनकी भाउजूले हत्या गरेर आफ्नो घर आँगनमा गाडेको आशङ्कामा प्रहरीले आज साँझदेखि उत्खनन गरेको हो । तर, अहिलेसम्म ठाकुरको शव फेला परिसकेको छैन । हत्या गरेर गाडेको स्वीकार गरिसकेका नरेश राजवंशीले देखाएको ठाउँमा खन्दा शव नभेटिएको फूलबारी प्रहरी चौकीका असई श्रवण चौधरीले बताए । उनले घरभित्र र घर बाहिर पनि खन्ने काम भइरहेको जानकारी दिए ।

प्रहरीले नरेश राजवंशी र उनकी भाउजूलाई नियन्त्रणमा लिएको छ । नरेशका दाजु गणेश राजवंशी दुबईमा रहेका छन् । देवर र भाउजूले मिलेर ठाकुरको हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । हराएका ठाकुरले लगाएको कपडा, नुनको बोरा र हतियार भेटिएको जनाइएको छ । घटनास्थललाई सिल गरी थप अनुसन्धान भोलि बिहानबाट गरिने प्रहरीले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया