Online Bichar
सोमबार, पौष १५, २०८१ | Monday, December 30, 2024

झापा, १७ असोज २०८१ । आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ। कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ।​ बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो।​

बंगलादेशमा ठुलो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय क्रिकेट परिसद् आईसीसीले बंगलादेशमा आयोजना हुने तालिका रहेको महिला टी-२० विश्वकप अन्यत्र सारेको हो।

प्रतियोगिताको समूह ए मा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलंका छन्। समूह बी मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको उद्दघाटन खेलमा आज बंगलादेशले शारजाहमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ। खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ।

टी-२० विश्वकपमा एक दिनमा अधिकतम दुई खेल खेलिनेछ। आजै पाकिस्तान र श्रीलंका भिड्नेछन्। यी दुईबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। प्रतियोगितामा सेमिफाइनल र फाइनलसहित २३ हुने छन्।​

नवौं संस्करणको आईसीसी महिला टी-२० विश्वकप मा बंगलादेश आयोजकको रुपमा छनोट भएको हो भने अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र वेस्ट इन्डिज आईसीसी टी-२० विश्व कप २०२३ का शीर्ष ६ टोलीको रुपमा प्रतियोगिताका लागी सिधै छनोट भएका हुन् । पाकिस्तान २७ फेब्रुअरी २०२३ मा शीर्ष वरियताको टोली तथा स्कटल्यान्ड र श्रीलंका आईसीसी टी-२० विश्वकप छनोट पार गरेर विश्व कपका लागी योग्य भएका हुन्।

यस पटककको महिला टी-२० विश्वकप दूबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा आयोजना हुने छन्। प्रतियोगिताको पुरस्कारमा मात्र ७९ लाख ५८ हजार अमेरिकी डलर भन्दा बढी रकम खर्च हुने छ।

यस पटकको महिला टी-२० विश्वकप विजेता, उपविजेता सहित सहभागी अन्य टोलीले यसै बर्ष अमेरिका र वेस्ट-इन्डिजमा सम्पन्न पुरुष टी-२० विश्वकपमा पुरुष टिमले पाए समान पुरसकार प्राप्त गर्ने छन्। महिला टी-२० विश्वकप विजेता टोलीलाई २३ लाख ४० हजार अमेरिकी डलर प्रदान गरिने छ। उपविजेता टिमले ११ लाख ७० डलर प्राप्त गर्ने छन्। सेमिफाइनलमा पराजित हुने दुबै टिमलाई समान ६ लाख ५७ हजार डलर दिइने छ।

अस्ट्रेलिया यस प्रतियोगिताको सर्वाधिक सफल टोली हो। पुरुष क्रिकेट जस्तै महिला क्रिकेटमा पनि प्रभुत्व जमाएको अस्ट्रेलियाले हाल सम्मका ८ टी-२० विश्वकप मध्य ६ पटक ट्रफी पटक उचालेको छ। इंग्ल्यान्ड र वेस्ट इन्डिज समान १-१ पटक च्याम्यिन बनेका छन्।

 

तपाईको प्रतिक्रिया