जेबि खड्का
गौरादह, १२ असोज २०८१ । शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था गौरादहले २६ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। गौरादह उद्योग बाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न साधारणसभामा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष प्रकाश कार्कीले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले वित्तीय तथा आधारभूत सेवामा सेयर सदस्यहरु प्रति संस्था समर्पित हुने बताएका थिए। संस्थामा आबद्ध सदस्यहरु प्रति आर्थिक तथा सामाजिक विकासमा पूर्ण वित्तीय तथा आधारभूत सेवा दिदै अत्याधुनिक प्रबिधि र सक्षम मानव श्रोत मार्फत गुणस्तरीय सेवा प्रदान गर्ने सहकारी स्थापित गर्ने लक्ष्य राखिएको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले बिगतका बर्षहरुमा सेयर सदस्यहरुलाई दिदै आएको सुबिधाहरुलाई निरन्तरता दिएको जानकारी गराएका छन। संस्थाले सदस्यहरुलाई आधुनिक सेवा, दुर्घटना मृत्यु बिमा, घातकरोग लागेमा उपचार सेवा, २ वटा बच्चा सम्म सुत्केरी सुविधा, संस्थाको सेवा क्षेत्र भित्र अग्नी प्रतिरोधात्मक सामग्री राख्नुका साथै एटिएम,मोवाइल बैंकिङ, एसएमएस। र क्युआर कोड जस्ता सेवा उपलब्ध गराएको जानकारी गराएका छन।
प्रतिवेदन सार्वजनिकका क्रममा संस्थाका कोषाध्यक्ष नारायण कुमार कार्कीले गत आर्थिक बर्षमा संस्थाले ७५ करोड ३८ लाख ३७ हजार ४ सय २० को कुलकारोवार गरेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।कुल शेयर पुँजी ८ करोड ३३ लाख ७४ हजार ६ सय रहेको प्रतिवेदन सार्वजनिक गर्दै ५ करोड २३ लाख ११ हजार ५ सय ९६ जगेडा कोष रहेको जानकारी गराएका छन। गत आर्थिक बर्षमा संस्थाले ७९ लाख २६ हजार ५ सय ५१ खुद नाफा गरेको कोषाध्यक्ष कार्कीले जानकारी गराएका थिए।
साधारणसभामा लेखा सुपरिवेक्षण समिति संयोजक स्याम दहालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सार्वजनिक गरेका थिए।संस्थाको बार्षिक साधारणसभामा विभिन्न बिधामा ४७ जनालाई पुरस्कृत गरिएको थियो।पुरस्कृत हुनेहरुमा संस्थामा उत्कृष्ट कारोवार गर्ने ३९ जना, संस्थाको सहकारी पसलमा उत्कृष्ट सामान खरिद गर्ने ८ जना रहेका छन। जेष्ठ सेयर सदस्य खिलराज पोख्रेल र ईन्द्र कला ठाकुर, पुर्ब संचालक तर्फ गोबिन्द बहादुर खड्का, कार्मचारी मंगल सिंह ताजपुरियालाई सम्मान गरिएको थियो। सहकारी शैक्षिक पुरस्कारमा आधारभूत तहमा सामुदायिक तर्फ सिम्रीका खतिवडा, संस्थागत तर्फ श्रेयस्कर डाँगी र देशिका खतिवडा माध्यमिक तहमा सामुदायिक तर्फ किरणराज चापागाईं, संस्थागत तर्फ बिनय प्याकुरेल रहेका छन।
साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष टंक प्रसाद अधिकारी, सल्लाहकार डिल्लीराम काफ्ले र सम्मानित ब्याक्तहरु मध्येबाट गोबिन्द बहादुर खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए। संस्थाका उपाध्यक्ष भिम विजय बाँस्तोलाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिव हेम चन्द्र घिमिरे ९राजु० ले कार्यक्रमको संचालन गरेका थिए।