विराटनगर, १० असोज २०८१ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा दुई जनालाई नियुक्त गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का नारायण कोइराला र विराटनगर महानगरपालिका– ४ की प्रमिलाकुमारी गच्छदारलाई नियुक्त गरेको हो ।
दुवैजना नेपाली कांग्रेसको कोटामा नियुक्त भएका हुन् । बिहीबार विहान आयोगको सदस्यमा सुनसरीको धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले पदबाट राजीनामा दिएका थिए ।
दुवै जना नेकपा (माओवादी केन्द्र) को कोटाबाट आयोगको सदस्यमा नियुक्त भएका थिए। माओवादीले सरकार छाडेपछि उनीहरुले सदस्यबाट राजीनामा दिएका थिए ।