Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

काठमाडौं, ७ असोज २०८१ । सेयर बजारमा उच्च अंकले गिरावट आएको छ। साताको सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.९४ प्रतिशतले घटेर ४५४.४१ विन्दुमा अडिएको छ।

यसदिन ३२९ स्क्रिप्सको १ करोड ३५ लाख ५ हजार ९०३ कित्ता सेयर ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा केही बढी हो। पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेको थियो। सो दिन ५ अर्ब ९ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

उच्च अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। यसदिन हिमालयन हाइड्रोपावरको सेयर सर्वाधिक बढ्यो। सो कम्पनीको सेयर ९.८४ प्रतिशतले बढ्यो। एक्सेल डेभलपमेन्ट बैंकको ८.१२, सिभिल डिवेन्चर २०८८को ५.८१,रावा इनर्जी डेभलपमेन्टको ५.३३ र नेपाल फाइनान्सको ५.११ प्रतिशतले बढ्यो।

आज चारवटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्यो । गुडविल फाइनान्स,समृद्धि फाइनान्स,एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड र इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको हो। २१ करोड १३ लाख मूल्य बराबरको सेयर कारोबार गरी नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। यसैगरी सीईडिबी हाइड्रोपावर डेभलपमेन्टको सेयर १३ अर्ब,हिमालयन रिइन्स्योरेन्सको १२ करोड,अपी पावरको ११ करोड र सानिमा माइ हाइड्रोपावरको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सबै समूहको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको सूचक सर्वाधिक ५.५६ अंकले घट्यो। कारोबारमा आएका १४ स्टक्सको मूल्य बढ्दा २२९ वटाको घट्यो भने एक समूहको उपसूचक स्थिर रह्यो।

तपाईको प्रतिक्रिया