Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

काठमाडौँ, ७ असोज २०८१ । शिक्षा पत्रकार समूह (ईजेजी) को अध्यक्षमा निर्जला कक्षपति निर्वाचित भएकी छन् । गत शनिबार सम्पन्न समूहको १२ औँ अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गरेको छ ।

समूहको वरिष्ठ उपाध्यक्षमा जनक नेपाल, उपाध्यक्षमा नवराज चालिसे, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा प्रज्ञा तिम्सिना र कोषाध्यक्षमा सबिना बानियाँ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा कृष्णसिंह धामी, रोजिना थापा कार्की, यम बम, अमृता बुढाथोकी, भागिरथी पण्डित, हरिसुन्दर छुकां र सञ्जिव घिमिरे ‘शुभचिन्तक’, निर्वाचित भए ।

निवर्तमान अध्यक्ष कृष्ण मल्लको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो । विशेष कारणले तत्कालीन समयमा अधिवेशन गर्न नसकिएपछि उनकै नेतृत्वको कार्यसमितिको म्याद ६ महिना थप गरिएको थियो ।

मल्ल दोस्रो कार्यकालका लागि अध्यक्षमा उठेका थिए । अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको थियो । निर्वाचनको क्रममा नवनिर्वाचित अध्यक्ष कक्षपतिले १७ र मल्लले १० भोट पाएका थिए ।

तपाईको प्रतिक्रिया