Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

काठमाडौं, ७ असोज २०८१ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँ कायम भएको हो।

आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदी तोलाको मूल्य स्थिर रहेको छ।

आज चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला चाँदी सोही रकममा खरिदबिक्री भएको थियो।

 

 

तपाईको प्रतिक्रिया