Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

जेबि खड्का
गौरादह, ६ असोज २०८१ । पहिलो पाईला नेपाल शाखा कार्यालय गौरादहले अरुणोदय आधारभूत बिद्यालय गौरादह-८ का बिद्यार्थीहरुलाई सहयोग गरेको छ। बिद्यालयमा अध्ययनरत बिपन्न परिवारका बिद्यार्थीहरुलाई कपाल काट्नुका साथै पाठ्यसामग्री बितरण गरेर सहयोग गरेको छ।

संस्थाले बिद्यालयमा अध्यानरत बिद्यार्थीहरु मध्ये १८ जना बिद्यार्थीको कपाल काटेको छभने १२ जना बिद्यार्थीलाई पाठ्यसामग्री बितरण गरेको छ। कार्यक्रमका प्रमुख अतिथि झोराहाट नाट्य समुहका अध्यक्ष भरत गुरागाँईले औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए।कार्यक्रमको उद्घाटन गर्दै गुराँगाईले पहिलो पाइला नेपालले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै आगामी दिनमा संस्थाले क्षेत्र बिस्तार गरि थप सामाजिक काम गर्नेमा बिस्वास ब्यक्त गरेका छन।

केन्द्रीय कार्यलय काठमाडौंमा रहेको पहिलो पाईला नेपाल संस्थाले समाज रुपान्तरणका क्षेत्रमा काम गर्ने संस्थाका दमक उपाध्यक्ष लबराज खड्काले जानकारी गराएका छन। कार्यक्रमको सभापति समेत रहेका गौरादह शाखा कार्यलय संयोजक भुपेन्द्र निरौलाले गौरादह शाखमा संस्था स्थापना भएको छोटो समयमा विभिन्न क्षेत्रमा सामाजिक काम गर्न सफल भएको बताएका थिए। कार्यक्रममा अरुणोदय आधारभूत बिद्यालयका प्रधानाध्यापक झगेन्द्र बहादुर खड्का, पुर्ब शिक्षक घनस्याम काफ्लेले शुभकामना मन्तब्य राखेकाथिए। सदस्य सन्दिप पौडेल र लोकनाथ रेग्मीले कार्यक्रमको संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया