Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

नयाँ दिल्ली, ६ असोज २०८१ । मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ ।

अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता लागेको हो । महिलाले बच्चालाई जन्म दिइसकेकी छिन् । यस्तो केसलाई मेडिकलको भाषामा पीटस इन पीटू भनिन्छ ।

डाक्टरहरूका अनुसार लाखौं महिलामध्ये एकमा यस्तो हुनसक्छ । जन्मपछि नवजात शिशुलाई जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना गरेर राखिएको छ ।

बच्चालाई बचाउन डाक्टरले सर्जरी गर्नेबारे विचार विमर्श गरिरहेको बताइएको छ । महिला नवौँ महिनामा मात्रै क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया