Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

काठमाडौँ, ६ असोज २०८१ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो ।

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

 

तपाईको प्रतिक्रिया