Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

झापा, ६ असोज २०८१ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो। साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। उनलाई अहिले भोटाहिटीस्थित साइबर ब्युरोको कार्यालयमा राखिएको छ। भेट्न खोज्न जाँदा उनका एकजना समर्थकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि अदालतले पक्राउ अनुमति दिएको हो। झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो। त्यसैको आधारमा प्रहरी जिल्ला अदालत गएको थियो।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक प्रसाई पक्राउ परेसँगै झापामा उच्च सुरक्षा सतकर्ता अपाइएको छ । प्रसाईलाई पक्राउ गरेमा प्रतिकारमा उत्रिने यसअघि नै महाअभियानले चेतावनी दिएपछि झापामा उच्च सुरक्षा सतर्कता बढाइएको एक प्रहरी अधिकारीले बताएका छन् । प्रसाईको नाममा पक्राउ जारी भएलगतै महाअभियानले दमक र बिर्तामोड राँके जुलुससहित विरोध प्रदर्शन गरिसकेका थिए ।

 

तपाईको प्रतिक्रिया