Online Bichar
शनिबार, आश्विन ०५, २०८१ | Saturday, September 21, 2024

झापा, ५ असोज २०८१ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–७ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जयनारायण राजवंशी र स्याङ्जाको वालिङ नगरपालिका–१ घर भई काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने २८ वर्षीय राजन अर्याल रहेका छन् ।

पक्राउ परेकामध्ये राजनले १ जना पीडितबाट ३ लाख रुपैयाँ र जयनारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजनलाई काठमाडौँको नागार्जुन नगरपालिका–२ बाट र जय नारायणलाई भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभा ग ताहाचल काठमाडौँ पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया