Online Bichar
शनिबार, आश्विन ०५, २०८१ | Saturday, September 21, 2024

काठमाडौं, ४ असोज २०८१ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ। शुक्रबार महाशाखाले साप्ताहिक मौसम पूर्वानुमान जारी गर्दै उक्त जानकारी दिएको हो।

महाशाखाका अनुसार देशको हिमाली, पहाडी क्षेत्रहरूमा साताभर आंशिकदेखि साधारणतया बदली तथा तराई क्षेत्रहरूमा साताको सुरुमा आंशिक बदली देखि मुख्यतया सफा तथा मध्य र अन्त्यमा आंशिक बदलीदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ।

साताको मध्य र अन्त्यमा देशका तराई भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साताको सुरुमा देशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा, मध्यमा र अन्त्यमा केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै साताको अन्त्यमा कोशी, बागमती, गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको समेत सम्भावना रहेको छ।

देशका अधिकांश स्थानहरूमा साताको अन्त्यमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ।

 

तपाईको प्रतिक्रिया