Online Bichar
शुक्रबार, आश्विन ०४, २०८१ | Friday, September 20, 2024

काठमाडौं, ४ असोज २०८१ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ ।

परिषद्ले आज एक सूचना प्रकाशित गर्दै प्रि-डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन फाराम भर्ने आग्रह गरेको छ ।

प्रशिक्षणमा सहभागी हुन एसईई वा एसएलसी परीक्षामा सहभागी भएको, प्रशिक्षणका लागि मानसिक र शारीरिक रूपमा सक्षम भएको र कम्तीमा १६ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने सूचनामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया