Online Bichar
शुक्रबार, आश्विन ०४, २०८१ | Friday, September 20, 2024

एजेन्सी, ३ असोज २०८१ । लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ ।

१७ सेप्टेम्बरमा पनि लेबनानका धेरै ठाउँमा पेजर विस्फोट भएका थिए । यी विस्फोटका कारण एक बालकसहित १२ जनाको मृत्यु भएको थियो । त्यसपछि हिजबुल्लाहले प्रयोग गरिरहेका वाकीटकी उपकरणहरू पनि विस्फोट भएका थिए । यी विस्फोटहरू लेबनानको राजधानी बेरुत, बेका उपत्यका र दक्षिणी लेबनानमा भएका थिए।

हिजबुल्लाहले पनि इजरायललाई यी विष्फोटको जिम्मेवारी दिएको छ । तर, हालसम्म इजरायलले लेबनानमा भएका दुवै विस्फोटमा कुनै प्रतिक्रिया दिएको छैन। बिहीबार हिजबुल्लाह नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन्। यसपछि हिज्बुल्लाहका थप योजनाहरू अनुमान गर्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया