Online Bichar
शुक्रबार, आश्विन ०४, २०८१ | Friday, September 20, 2024

नयाँ दिल्ली, १ असोज २०८१ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले राजीनामा दिएका छन्। उनले उपराज्यपाल विनयकुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका हुन्।

जेलबाट बाहिर निस्किएलगत्तै केजरिवालले दिल्लीको मुख्यमन्बीबाट राजीनामा दिने घोषणा गरेका थिए। दिल्लीका जनताले फेरि नजिताएसम्म मुख्यमन्त्री नबन्ने उनले घोषणा गरेका थिए।

आम आदमी पार्टीका नेता गोपाल रायले दिल्लीको मुख्यमन्त्री अतिशी मर्लेना हुने भएकी छन्। आम आदमी पार्टीको विधायक दलको बैठकले मंगलबार अतिशीलाई दलको नेता बनाउने निर्णय गरेको थियो। दलको नेता भएसँगै अतिशी दिल्लीको मुख्यमन्त्री बन्ने भएकी हुन्।

नयाँ सरकार बनाउने विषयमा हामीले उपराज्यपाललाई जानकारी गराइसकेका छौं। दलका नेता अतिशीले छिट्टै सरकार बनाउनेछिन्,ु भारतीय सञ्चारमाध्यमहरूसँग उनले भने। आम आदमी पार्टीले उपराज्यपाल सक्सेनालाई शपथग्रहरण मिति तोक्न आग्रहसमेत गरेको छ।

अतिशीले मुख्यमन्त्री केजरिवालले आफूलाई ठूलो जिम्मेवारी सुम्पेको बताएकी छन्। ‘उहाँले मलाई विधायक बनाउनुभयो, मन्त्री बनाउनुभयो। आज मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिँदै हुनुहुन्छ। मेरो गुरु अरविन्द केजरिवाललाई धन्यवाद दिन चाहन्छु,’ अतिशीले सञ्चारकर्मीसँग भनिन्।

उनले मुख्यमन्त्री केजरिवालले पदबाट राजीनामा दिने निर्णयबाट आफू दुःखी भएको बताइन्। ुदिल्लीका दुई करोड जनतालाई यही भन्न चाहन्छु कि दिल्लीका मुख्यमन्त्री कुनै व्यक्ति छन् भने त्यो अरविन्द केजरिवाल हुन्,ु उनले भनिन्।

 

तपाईको प्रतिक्रिया