Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठमाडौँ, ३१ भदौ २०८१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६०२ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन ९आर्थिक वर्ष २०८०/८१० अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १३४ उजुरीसमेत गरी स्वास्थ्य मन्त्रालयविरुद्ध सङ्ख्या ७३६ छन् ।

यो उजुरी गत वर्ष अख्तियार आयोगमा परेको उजुरीमध्ये ५.८३ प्रतिशत हो । आयोगमा संघीय मन्त्रालयविरुद्ध १२ हजार ६२३ वटा उजुरी रहेका छन् । सोमध्ये ३ हजार १३१ उजुरी अघिल्लो वर्षका उजुरी सरिएको र ९ हजार ३९२ उजुरी गत वर्ष परेका थिए ।

यस्तै, गृह मन्त्रालयविरुद्ध ९.९५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयविरुद्ध ९.६९, अर्थ मन्त्रालयविरुद्ध ५.९७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयविरुद्ध ४.०१, पर्यटन मन्त्रालयविरुद्ध ३.५०, सञ्चार मन्त्रालयविरुद्ध ३.३४ प्रतिशत उजुरी परेको सो प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, उद्योग मन्त्रालयविरुद्ध २.२२ र अन्य मन्त्रालय तथा निकायविरुद्ध ३३.६५ प्रतिशत उजुरी परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया