Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

केरला, ३१ भदौ २०८१ । भारतको केरलामा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए ।

उनको स्याम्पलमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ । विभागले आइतबार मृतक युवकको प्रत्यक्ष सम्पर्कमा आएका १५१ जनाको सूची जारी गरेको छ । विभागका अनुसार सम्पर्क सूचीमा रहेका तीन जनामा भाइरसको लक्षण देखिएको बताइएको छ । मृतक विद्यार्थी थिए ।

 

तपाईको प्रतिक्रिया